आभा श्रेष्ठ र जगदीश्वर कर्माचार्य बने सचिव, जगदीश्वरलाई ऊर्जा मन्त्रालयको नेतृत्व

बिजमाण्डू
२०८३ असोज १३ गते १७:०६ | Sep 29, 2026
आभा श्रेष्ठ र जगदीश्वर कर्माचार्य बने सचिव, जगदीश्वरलाई ऊर्जा मन्त्रालयको नेतृत्व


काठमाडौं। सरकारले सहसचिव आभा श्रेष्ठ र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गरेको छ।

Vigo
GBIME
Tata

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फकी आभा र इन्जिनियरिङ सेवातर्फका जगदीश्वरलाई बढुवा गरेको हो।

आभा तीन महिनाअघि सचिवबाट अवकाश पाएका कृष्णहरि पुष्करकी पत्नी हुन्। आभालाई गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा पदस्थापना गरिएको छ।

यस्तै जगदीश्वरले ऊर्जा मन्त्रालयको नेतृत्व पाएका छन्। ऊर्जा मन्त्रालयमा सचिवको पद दुई सातादेखि रिक्त थियो।