२ प्रतिशत विलासिता शुल्कको कार्यविधि जारी, तोकिएको समयमा नबुझाए वार्षिक १५% ब्याज लाग्ने

बिजमाण्डू
२०८३ असोज १३ गते १६:५९ | Sep 29, 2026
२ प्रतिशत विलासिता शुल्कको कार्यविधि जारी, तोकिएको समयमा नबुझाए वार्षिक १५% ब्याज लाग्ने


काठमाडौं। साउन १ देखि लागू भएको विलासिता शुल्क सम्बन्धी कार्यविधि सार्वजनिक भएको छ।

Vigo
GBIME
Tata

आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको कार्यविधिअनुसार पाँच तारे वा सोभन्दा माथिका लक्जरी होटलले भ्याट अघिकझ मूल्यमा २ प्रतिशतका दरले शुल्क असुल गर्ने व्यवस्था छ।

त्यसैगरी नेपालमा पैठारी हुने मदिरामा भन्सार बिन्दुमा भ्याट अघिकै मूल्यमा २ प्रतिशत असुल गर्नुपर्ने व्यवस्था छ। विलासिता शुल्क असुल गर्नका लागि अलग्गै दर्ता गर्नुपर्ने व्यवस्था छैन।

यसरी असुल गरिएको शुल्क अर्को महिनाको २५ गतेभित्र सम्बन्धित कार्यालयमा पेश गर्नुपर्ने छ। तोकिएको समयमा शुल्क दाखिला नगरे वार्षिक १५ प्रतिशतका दरले ब्याज व्यवस्था रहेको कार्यविधिमा उल्लेख छ।

विलासिता शुल्क आन्तरिक राजस्वका कार्यालयहरू र मदिराको हकमा भन्सार कार्यालयले हेर्ने विभागले जारी गरेको कार्यविधिमा उल्लेख छ।

गत आर्थिक वर्षसम्म सुनका गरगहनामा पनि विलासिता शुल्कको व्यवस्था भए पनि चालु आवबाट हटाइएको छ। चालु आवको साउनदेखि सुनमा सीप प्रवर्द्धन शुल्क लाग्दै आएको छ।