काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्।
नेपालमा आफ्नो कार्यकाल सकेर फर्किन लागेका राजदूत श्रीवास्तवले मंगलबार सिंहदरबार पुगेर प्रधानमन्त्री बालेनसँग बिदाइ भेट गरेका हुन्।
बालेनले राजदूत श्रीवास्तवलाई मूर्ति उपहार दिएका छन्।
प्रधानमन्त्री बालेनले नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ रहेको भन्दै हालैको बाढीपहिरो तथा विपद्मा सहयोग गरेकामा आभार प्रकट गरेको उनको सचिवालयले जनाएको छ।
राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजना सम्पन्न भएको जानकारी गराएका थिए।











