सुन तोलामा आज ३ हजार ८०० रुपैयाँले घट्यो, चाँदी ११५ रुपैयाँले सस्तियो

बिजमाण्डू
२०८३ असोज १३ गते ११:१५ | Sep 29, 2026
सुन तोलामा आज ३ हजार ८०० रुपैयाँले घट्यो, चाँदी ११५ रुपैयाँले सस्तियो


काठमाडौं। मंगलबार सुनको मूल्य तोलाको २ लाख ९० हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

Vigo
GBIME
Tata

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको भन्दा आज सुन तोलामा ३ हजार ८०० रुपैयाँ घटेको हो। सोमबार सुन तोलामा ५ हजार रुपैयाँले घटेर प्रति तोला २ लाख ९४ हजार ३०० रुपैयाँले कारोबार भएको थियो।

चाँदीको मूल्य आज ११५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रति तोला ४ हजार ३९५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रति तोला ४ हजार ५१० रुपैयाँ थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार प्रति औंस ४१२९.५६ डलर र चाँदी प्रति औंस ६०.४७ डलर रहेको छ। सोमबार सुन प्रति औंस ४१८७.४९ डलर र चाँदी प्रति ६१.६२ डलर थियो।