सुनचाँदीको मूल्यमा गिरावट : सुन तोलामा ५ हजार घट्दा चाँदी १४५ रुपैयाँ सस्तियो

बिजमाण्डू
२०८३ असोज १२ गते ११:३३ | Sep 28, 2026
सुनचाँदीको मूल्यमा गिरावट : सुन तोलामा ५ हजार घट्दा चाँदी १४५ रुपैयाँ सस्तियो


काठमाडौं। बढ्न थालेको सुनको मूल्यमा पुनः गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ५ हजार रुपैयाँले घटेको हो।

Vigo
GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। आइतबार सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार तोलामा १४५ रुपैयाँ घटेर प्रति तोला ४ हजार ५१० रुपैयाँमा झरेको छ। आइतबार चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रति तोला ४ हजार ६५५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४१८७.४९ डलरमा झरेको छ। चाँदीको भाउ प्रति औंस ६१.६२ डलर छ।