विपद्पछिको उद्धार राहतमा ढिला नगर्न बालेनलाई रविको ध्यानाकर्षण, ‘राजमार्ग तत्काल सुचारु गर्नू’

बिजमाण्डू
२०८३ असोज ११ गते २२:३१ | Sep 27, 2026
विपद्पछिको उद्धार राहतमा ढिला नगर्न बालेनलाई रविको ध्यानाकर्षण, ‘राजमार्ग तत्काल सुचारु गर्नू’


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन्।

Vigo
GBIME
Tata

विज्ञप्ति जारी गर्दै लामिछानेले सरकारलाई घरसारविहीनको सुरक्षा, पुनर्स्थापना गर्न ध्यानाकर्षण गराएका हुन्। विपद्पछिको उद्धार तथा राहतमा ढिलासुस्ती नगर्न पनि लामिछानेले आग्रह गरेका छन्।

‘विपद्पछिको अवस्थामा अवरुद्ध राजमार्ग तत्काल सुचारु गर्न र घरबारविहीन भएका नागरिकहरूको सुरक्षित आवास तथा पुनर्स्थापनाको कार्यमा कुनै पनि किसिमको ढिलासुस्ती नगर्न तीन वटै तहका सरकारहरूको ध्यानाकर्षण पनि गराउँदछौँ,’ लामिछानेले भनेका छन्।

भोटेकोशीको बाढीपछि शुक्रबारदेखि आएको वर्षाले विभिन्न ठाउँमा विपद्का घटना भएका छन्। मनाङ, म्याग्दीलगायतका ठाउँमा विपदमा परेकाहरूको उद्धार हुन सकेको छैन।