मनकामना केबलकार संचालनमा छैन असर, पहुँचमार्गमा पहिरो जाँदा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने

बिजमाण्डू
२०८३ असोज ११ गते १५:०३ | Sep 27, 2026
मनकामना केबलकार संचालनमा छैन असर, पहुँचमार्गमा पहिरो जाँदा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने


काठमाडौं । मनकामना केबलकारको पहुँचमार्गमा पहिसो खसेको छ। जसकारण सवारीसाधन संचालन र पार्किङ व्यवस्थापनमा परिवर्तन गरिएको छ।

Vigo
GBIME
Tata

मनकामना केबलकारसम्म पुग्ने पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएको हो। निरन्तरको वर्षासँगै पहिरो गएपछि सवारी साधनहरू साविकको पार्किङ स्थलसम्म जान पाएका छैनन्।

त्यहाँ पुग्नेहरुले पैदल मार्ग प्रयोग गर्नुपर्ने जनाइएको छ। पूर्व तर्फबाट आउँदा राजमार्गको देब्रेतिर मुग्लिनतर्फ करिब ७० मिटर अगाडि सवारी साधन पार्किङको व्यवस्था गरिएको मनकामना केबलकारले जनाएको छ।

मौसम अनुकुल हुनासाथ सडक मर्मत कार्य द्रुत गतिमा गरिने जनाइएको छ। केबुलकार सेवा पूर्ण रुपमा सुरक्षित र संचालनमा रहेको जनाइएको छ।

राजमार्ग खुल्नासाथ वा यात्रुहरू आउनासाथ सेवा निरन्तर रहने पनि भनिएको छ।