पहिरोका कारण सात मुख्य राजमार्ग अझै अवरुद्ध, तीन राजमार्ग आंशिक सञ्चालनमा

बिजमाण्डू
२०८३ असोज १० गते २१:०४ | Sep 26, 2026
पहिरोका कारण सात मुख्य राजमार्ग अझै अवरुद्ध, तीन राजमार्ग आंशिक सञ्चालनमा
फाइल फोटो


काठमाडौं। अविरल वर्षासँगैको बाढी र पहिरोका कारण सात वटा राजमार्ग पूर्ण रूपमा छन्। सडक विभागको शनिबार राति ८ बजेसम्मको विवरण अनुसार अवरुद्धमध्ये कान्ति लोकपथ सञ्चालनमा आएको छ। 

Vigo
GBIME
Tata

विभागका अनुसार पूर्व–पश्चिम राजमार्गको भाइरल डाँडा तथा धानखोला नजिकको सडक खण्ड अवरुद्ध छ। 

यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङ खोला, फिस्लिङ, बाँगे तथा चालिसेलगायतका सडक खण्डमा पहिरो गएको छ। पहिलो हटाउने कार्य जारी रहेको विभागले जनाएको छ। 

बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, कटुञ्जे र चौकीडाँडा लगायतको क्षेत्रको पहिरो यथावत् रहेको विभागले जनाएको छ। 

विभागका अनुसार तमोर करिडोरको छरुवा खोला, नावा खोला र रानीगाउँ खण्ड अवरुद्ध छ। राप्ती राजमार्गको कपुरकोट खारखोला सडक पनि अवरुद्ध रहेको विभागले जनाएको छ। 

यस्तै, कर्णाली राजमार्गको गगने खोला, राँका क्षेत्र तथा बाङ्गे सिमल क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध छ। बेसीशहर चामे सडकको मनाङ, नासो गाउँपालिका, खोत्रो क्षेत्रको पहिरोले बाटो अवरुद्ध छ। 

पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको विभागले जनाएको छ। भालुवाङ लिवाङ सडकमा आंशिक अवरोध रहेको पनि सडक विभागले जनाएको छ।