मरुहिटीमा सामूहिक कुमारी पूजा, अघि लाग्यो चाडबाडको लहर (फोटो फीचर)

सुशील श्रेष्ठ
२०८३ असोज १० गते १२:१० | Sep 26, 2026
मरुहिटीमा सामूहिक कुमारी पूजा, अघि लाग्यो चाडबाडको लहर (फोटो फीचर)


काठमाडौं। इन्द्रजात्राको चौथो दिन शनिबार काठमाडौंको मरुहिटीमा सामूहिक कुमारी पूजा गरिएको छ। इन्द्रजात्राको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट वसन्तपुर दरबार क्षेत्रमा पनि सामूहिक कुमारी पूजा गरिएको थियो । इन्द्रजात्रा पर्वअनुसार लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्न परम्परा छ।

Vigo
GBIME
Tata

इन्द्रजात्रासँगै यो वर्षका ठुला पर्वहरु नजिक आइपुगेका छन्। शनिबार मरुहिटीको कुमारी पूजामा उल्लेख्य संख्यामा भेला भएका नेवार परिवारले पूजाका लागि आफ्ना नानीहरुलाई अघि लगाएका थिए। कुमारीको भेषमा सजिएका नानीहरुको पूजा गरिएको थियो।