भारतबाट गरिने आयातका लागि एलसीको सीमा घटाइयो, अब ३ करोडमाथिमा एलसी खोल्नु पर्ने



बिजमाण्डू
२०७८ पुष १६ गते १५:५७ | Dec 31, 2021

काठमाडौं। भारतीय रुपैयाँमा खोलिने आयात प्रतितपत्र (एलसी) को सीमा घटाइएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै भारुमा गरिने आयातको सीमा घटाइ दिएको हो।

Tata
GBIME
Nepal Life

५ करोड रुपैयाँभन्दा बढिको बस्तु आयात अनिवार्य रुपले प्रतितपत्रमार्फत गर्नु पर्ने ब्यवस्थालाई पुनरावलोकन गर्दै राष्ट्र बैंकले सीमा घटाइ दिएको हो। अब तीन करोडभन्दा माथिको सामान आयात गर्नु परे एलसी खोल्नु पर्छ।

राष्ट्र बैंकले तेस्रो मुलुकमा सामान निर्यात गर्दा दुवानी/क्लियरिङ/फर्वार्डिङका लागि सम्बन्धित आधिकारिक निवेदन साथ आवश्यक कागजात बुझाएमा जतिपनि सटही सुविधा पाउँथे।

राष्ट्र बैंकले यसमा कडाइँ गर्दै सीमा तोकेको छ। अब तीन लाख रुपैयाँसम्म मात्र सटही सुविधा पाइने छ।