जीवन बीमा कम्पनीले ३३ प्रतिशतले बढाए व्यवसाय, साउनमा २६.६२ अर्ब प्रिमियम संकलन



बिजमाण्डू
२०८३ भदौ २४ गते १६:२४ | Sep 9, 2026
जीवन बीमा कम्पनीले ३३ प्रतिशतले बढाए व्यवसाय, साउनमा २६.६२ अर्ब प्रिमियम संकलन


काठमाडौं। जीवन बीमा कम्पनीले व्यापार बढाएका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा माइक्रो र १४ वटा जीवन बीमा कम्पनीले २६ अर्ब ६२ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्।

Vigo
GBIME
Tata

यो रकम पोहोर साउनको तुलनामा ३२.९७ प्रतिशत धेरै हो। कम्पनीहरुले गत वर्ष साउनमा २० अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका थिए। नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ६ अर्ब ९९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।

कम्पनीले पोहोर सोही अवधिमा ६ अर्ब १९ करोड रुपैयाँको व्यवसाय गरेको थियो। व्यवसाय धेरै बढाउनेमा भने राष्ट्रिय जीवन बीमा कम्पनी छ। यो कम्पनीले प्रिमियम संकलन ८२० प्रतिशतले बढाएको हो।

दुई आर्थिक वर्ष साउनमा जीवन बीमा कम्पनीको व्यवसाय

कम्पनी२०८३/८४ साउन२०८२/८३ साउनफरक %
नेपाल लाइफ६९,९३१.५२६१,९२५.६९१२.९३
राष्ट्रिय जीवन बीमा३९,९२७.४०४,३३९.१६८२०.१६
नेसनल लाइफ२९,१३१.०५२४,१४५.३६२०.६५
हिमालयन लाइफ२२,९४१.२९२०,२८१.८४१३.११
लाइफ इन्स्योरेन्स कर्पोरेसन२१,४१४.७९२०,३९९.४८४.९८
सूर्यज्योति१५,१७९.५३१२,४५२.५७२१.९
एसियन११,१११.७८९,४८६.१२१७.१४
सिटिजन लाइफ९,६०१.९१८,५६४.३६१२.११
आइएमई९,०९४.०३६,७०५.०४३५.६३
सानिमा रिलायन्स८,५४३.०२७,१९५.३९१८.७३
प्रभु महालक्ष्मी७,६११.२९६,१६८.५५२३.३९
रिलायबल नेपाल७,०६६.३८५,८१७.७९२१.४६
मेट६,०२८.५८५,३९९.९२११.६४
सन नेपाल४,६६९.३९३,६५२.२६२७.८५
कुल२६६,२२०.२९२००,२०३.७४३२.९७
स्रोत : नेपाल बीमा प्राधिकरण