बाढी प्रभावित जिल्लाका बीमितलाई उपचारमा राहत, स्वास्थ्य बीमा अन्तर्गत १०% तिर्नु नपर्ने



बिजमाण्डू
२०८३ भदौ २४ गते १२:५५ | Sep 9, 2026
बाढी प्रभावित जिल्लाका बीमितलाई उपचारमा राहत, स्वास्थ्य बीमा अन्तर्गत १०% तिर्नु नपर्ने


काठमाडौं। भदौ १० गतेको बाढीबाट प्रभावित जिल्लाका बीमितलाई स्वास्थ्य बीमामा सहभुक्तानी हटेको छ। स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका बीमितलाई सहभुक्तानी हटाएको हो।

Vigo
GBIME
Tata

बीमितका लागि क्यापिङ पनि हटाइएको बोर्डले जनाएको छ। स्वास्थ्य बीमा परिचयपत्र नभएका बीमितले पनि कार्यक्रमबाट उपचार सुविधा पाउनेछन्।

‘स्वास्थ्य बीमा सेवा सहजरूपमा सञ्चालन गरी नागरिकलाई सहजीकरण गर्न तीनवटै जिल्लाका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा तोकिएको समयावधिसम्म स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी (कोपेमेन्ट) र क्यापिङ हटाउने साथै उक्त क्षेत्रका बीमितको स्वास्थ्य बीमा परिचयपत्र नभएको अवस्थामा सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको आइएमआइएस युजर प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने निर्णय भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ बोर्डले भनेको छ।

स्वास्थ्य बीमा कार्यक्रममा बीमितले उपचार गराउँदा १० प्रतिशत रकम आफैं भुक्तानी गर्नुपर्ने व्यवस्था छ।