काठमाडौं। सुनको मूल्य दुई दिनदेखि घट्न थालेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा २ हजार ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ।
साताको पहिलो दिन सुन तोलामा ३ हजार १ सय रुपैयाँ घटेर प्रति तोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी तोलामा ३५ रुपैयाँले सस्तो भएको छ। सोमबार चाँदी प्रति तोला ४ हजार ६९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रति तोला ४ हजार ७२५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर सोमबार प्रति औंस ४४०६.४७ डलरमा झरेको छ। चाँदी प्रति औंस ६५.९५ डलर छ।
आइतबार सुन प्रति औंस ४४३०.०३ डलर र चाँदी प्रति औंस ६६.२२ डलर थियो।











