कर्मकाण्ड पुरा गर्न राष्ट्र बैंकको २० अर्बको रिपो, दैनिक अर्बौं महँगोमा एसएलएफ उठाउँदै बैंक



बिजमाण्डू
२०७८ मंसिर २२ गते १८:१५ | Dec 8, 2021

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई २० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। राष्ट्र बैकले १४ दिनका लागि रिपो मार्फत यो पैसा उपलब्ध गराउने भएको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले यसअघि जारी गरेको रिपो परिपक्व भएपछि फेरी जारी गरेको हो।

तरलता अभाव चर्किएर बैंकहरु  दैनिक महँगो ब्याजमा स्थायी तरलता सुविधा (एसएलएफ) लिइरहेका बेला राष्ट्र बैंकले 'कर्मकाण्ड' पुरा गर्न रिपो जारी गरेको हो।

राष्ट्र बैंकबाट बुधबार मात्र बैंकहरुले २० अर्ब ९१ अर्ब रुपैयाँ एसएलएफ लिएका छन्। १४ वटा संस्थाले एसएलएफ उठाएका हुन्। चालु वर्ष बैंकहरुले २४ खर्ब ६ अर्ब ६१ करोड ७० लाख रुपैयाँ एसएलएफ उठाइसकेका छन्।