घट्न थालेको सुनको मूल्य फेरि बढ्यो, तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँ पुग्यो



बिजमाण्डू
२०८३ भदौ १८ गते ११:५८ | Sep 3, 2026
घट्न थालेको सुनको मूल्य फेरि बढ्यो, तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँ पुग्यो


काठमाडौं। लगातार घटिरहेको सुनको मूल्य बिहीबार पुन: बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको हो ।

Vigo
GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ४ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ।

यसअघि बुधबार अघिल्लो दिनका तुलनामा ८ हजार ८ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी छ। चाँदी अघिल्लो दिनका तुलनामा तोलामा १ सय ४५ रुपैयाँले बढेको छ। बिहीबार कारोबार मूल्य तोलाको ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ। बुधबार तोलाको ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर प्रति औंस ४४३१.७७ डलर पुगेको छ। चाँदी प्रति औंस ६५.९ डलर भएको छ। बुधबारको मूल्य प्रति औंस ४३११.४९ डलर र चाँदी प्रति ‍औंस ६३.८६ डलर थियो।