१३ अर्ब १९ करोड भुक्तानी रोकेर कोरोना बीमाको प्रसंग उठाए अर्थमन्त्रीले: निचोडमा पुर्याउँछौं



बिजमाण्डू
२०७८ मंसिर २७ गते १८:११ | Dec 13, 2021

काठमाडौं। कोरोना बीमाको दाबी रकम पर्खिएका पीडितहरुलाई अर्थमन्त्री जनार्दन शर्माले घुमाउरो उत्तर दिएर फुल्याएका छन्। अहिले एक लाख ३८ हजार २५१ जनाले बीमा रकम पाउन बाँकी छ।

Tata
GBIME
Nepal Life

सरकारले अनुदान नदिएका कारण कम्पनीहरुले दाबी रकम भुक्तानी गर्न नसकेको बताइरहेका छन्। बीमा गरेको रकम भुक्तानी गर्ने पहिलो दायित्व कम्पनीहरुको हुन्छ। उनीहरुले घाटा खाएर होस् या पुँजी क्षयीकरण गरेर होस् दाबी रकम भुक्तानी गर्नै पर्छ।

तर सरकारले अनुदान नदिएका कारण भन्दै उनीहरु दाबी रकम भुक्तानी गर्न पन्छिरहेका छन्। सोमबार बीमा समितिको भवन शिलान्यास गर्दै अर्थभन्त्रीले कोरोना बीमाको प्रसंग पुन: कोट्याएका छन्।

कोरोना महामारीमा ‘कोरोना बीमा’ गरिएको तर भुक्तानी गर्न समस्या भइरहेको प्रसंग निकाल्दै उनले कोरोना बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको जानकारी दिए। 

बीमाको दाबी रकम १३ अर्ब १९ करोड ७८ लाख ५५ हजार २१३ रुपैयाँ छ। सरकारले अहिलेसम्म ४१ करोड ९५ लाख १४ हजार ७ सय रुपैयाँ मात्र उपलब्ध गराएको छ।

'त्यो समस्या समाधान गर्न गृहकार्य भइरहेको छ। त्यसलाई चाँडै निचोडमा पुर्‍याइने छ,' उनले भने। 

यस्तो छ बीमा समितिले देखाउने विवरण

क्र .स

विवरण

संख्या/रकम

कैफियत

कोरोना बीमालेखअन्तर्गत जारी बीमितको संख्या

१,७५८,३४३

 

कोरोना बीमालेख अनुदानअन्तर्गत जारी बीमितको संख्या

९५८,१९८

 

कोरोना बीमा दाबी संख्या

१३,८२५१

दाबी रु १३,१९७,८५५,२१३

कोरोना बीमा दाबी भुक्तानी भएको रकम (पुलबाट)

३,५००,०००,०००

 

कोरोना बीमा दाबी भुक्तानी (कम्पनीबाट)

१,२८८,१७१,५५२

 

जम्म भुक्तानी रकम (पुल र कम्पनीबाट )

४,७८८,१७१,५५२

 

कोरोना बीमालेख अनुदान मार्फत संकलन भएको बीमाशुल्क रकम (कुल)

९,६९७,८५५,२१३

 

कोरोना बीमामार्फत संकलन भएको बीमा शुल्क रकम

१,०५०,५२७,६७६

 

कोरोना बीमालेख अनुदानमार्फत उपलब्ध हुन बाँकी अनुदान रकम

२१,१२७,६१६

रु ४१९,५१४,७०० अनुदान उपलब्ध भएको रकम

१०

कोरोना बीमा मापदण्डबमोजिम नेपाल सरकारले भुक्तानी गर्ने बाँकी दाबी रकम

९,६७६,७२७,५९७