काठमाडौं। बैंक तथा वित्तीय संस्थाको विदेशस्थित कार्यालय सञ्चालन खर्च भुक्तानी पठाउने सम्बन्धमा राष्ट्र बैंकले नयाँ ब्यवस्था गरेको छ।राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै पैसा भुक्तानी बारे नयाँ ब्यवस्था गरेको हो।
यस्ता संस्थाहरुको शाखा सम्पर्क/एजेन्सी कार्यालय खोल्न राष्ट्र बैंकबाट लिएको स्वीकृति तथा सम्झौता पत्र चाहिने छ।
साथै कर्मचारीको नियुक्ति पत्र, कर भुक्तानी विवरण आदिका आधारमा बैंक तथा वित्तीय संस्थाका विदेशस्थित कार्यालयको लागि सम्झौता अनुसारको घरभाडा, कर्मचारीको तलवभत्ता, विज्ञापन, कानुनी तथा प्रशासनिक खर्चका लागि आवश्यक विदेशी मुद्रा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नै भुक्तानी गर्न पठाउन सकिने छ।
बैंक वित्तीय संस्था र विप्रेषण कम्पनीले विदेशस्थित प्रिन्सिपल एजेन्ट्स सम्झौताबमोजिम कर्मचारी (स्थायी वा करारमा नियुक्त) लाई प्रतिनिधिका रुपमा राखेबापत् ती कर्मचारीसँगको सम्झौता बमोजिम निजलाई भुक्तानी गर्नु पर्ने पारिश्रमिक सुविधाबापतको रकम पठाउन पाइने छ। त्यस्तो रकम बैंकबाट भुक्तानी गर्न मिल्ने राष्ट्र बैंकले जनाएको छ।










