बजार घटेपछि प्रचण्डको प्रष्टीकरण: मैले बोलेको सही हो, साना लगानीकर्ताको संरक्षण प्रतिबद्धता



बिजमाण्डू
२०७८ मंसिर २७ गते १२:०८ | Dec 13, 2021

काठमाडौं। शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा पूँजी बजारलाई साम्राज्यवादका विकसित रूप भनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसमा थप अडान राखेका छन्।

Tata
GBIME
Nepal Life

उनको भनाइपछि सेयर बजार आइतबार ८८ अंकले घटेको थियो भने सोमबार पनि ७० अंक हाराहारीसम्मले तल आएको थियो।

त्यसपछि प्रचण्डले शनिबार आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्याएका छन्। 

यद्यपी उनले अहिलेको नेपाली पूँजी/शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताए।

लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने उनले बताएका थिए। शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको पुन दोहोर्याएका हुन्।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने “अध्यक्ष प्रचण्डले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ।' 

 स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरुको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारेका छन्।

उनले कोही पनि भ्रमित हुन र यस विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाउनुको कुनै तुक नभएको उल्लेख गरे।