आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले सस्तियो, चाँदीको भाउ पनि घट्यो



बिजमाण्डू
२०८३ भदौ १४ गते ११:२५ | Aug 30, 2026
आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले सस्तियो, चाँदीको भाउ पनि घट्यो


काठमाडौं । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो।

Vigo
GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार सुन तोलामा २ हजार ४०० रुपैयाँले घटेर प्रति तोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आइतबार तोलामा १८५ रुपैयाँले घटेर प्रति तोला ४ हजार ७८० रुपैयाँमा आइपुगेको छ।

शुक्रबार चाँदी प्रति तोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।