काठमाडौं। सुनको मूल्य शुक्रबार पनि ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा २ हजार ४ सय रुपैयाँले सस्तो भएको छ।
शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १८ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन तोलामा एक हजार २ सय रुपैयाँले घटेर प्रति तोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य शुक्रबार स्थिर छ। बिहीबार चाँदी तोलाको १० रुपैयाँ घटेर प्रति तोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य शुक्रबार प्रति औंस ४५७६.०९ डलर छ। चाँदी प्रति औंस ६८.७४ डलर छ। अघिल्लो दिन सुन प्रति औंस ४६०७.३८ डलर र चाँदी प्रति औंस ६८.६८ डलर थियो।










