आइएमई लाइफ इन्स्योरेन्सले राहत र पुनर्स्थापनाका लागि गर्‍यो एक करोड रुपैयाँ सहयोग



बिजमाण्डू
२०८३ भदौ ११ गते १६:०६ | Aug 27, 2026
आइएमई लाइफ इन्स्योरेन्सले राहत र पुनर्स्थापनाका लागि गर्‍यो एक करोड रुपैयाँ सहयोग


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी पीडितको राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा षरेको छ।

Vigo
GBIME
Tata

बुधबार गएको बाढीले ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ। विपदबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा दीर्घकालीन पुर्नस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय र स्थानीय संघ–संस्थाहरूबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनाएको छ।

त्यसै अनुरुप कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो।

कम्पनीले स्थापनाकाल देखि नै राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीको घडीमा अग्रपंक्तिमा रहेर सहयोग हस्तान्तरण गर्दै आइरहेको जनाएको छ।

अहिलेको परिस्थितिमा कम्पनीको तर्फबाट उपलब्ध गराइने यो आर्थिक सहयोगले बाढी प्रभावितहरूको खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार तथा पुनःस्थापना कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।