बिफिनले ‘कन्फ्रेन्स अन लिडरसिप डेभलपमेन्ट फर न्यू नर्मल’ आयोजना गर्दै, बैंकरहरुको सहभागिता



बिजमाण्डू
२०७८ मंसिर ९ गते १७:४७ | Nov 25, 2021
बिफिनले ‘कन्फ्रेन्स अन लिडरसिप डेभलपमेन्ट फर न्यू नर्मल’ आयोजना गर्दै, बैंकरहरुको सहभागिता


काठमाडौं। बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले ‘कन्फ्रेन्स अन लिडरसिप डेभलपमेन्ट फर न्यू नर्मल’ विषयमा सम्मेलन आयोजना हुने भएको छ।

Tata
GBIME
Nepal Life

बैंक तथा वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्च सरकारी अधिकारी, औद्योगिक तथा व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्याक्तिहरु एवम् अन्य पेशागत संघ–संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहने आयोजकले जनाएको छ। 

यसका साथै नेपाल, भारत, बंगलादेश तथा श्रीलंकाका सम्बन्धित क्षेत्रका प्रस्तोता एवम् विज्ञहरुबाट ज्ञान आदान–प्रदान हुने बताइएको छ।

सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा भारतीय रिर्जभ बैंकका पूर्व गभर्नर डा. दुभुरी सुब्बाराव, बंगलादेश बैंकका पूर्व गर्भनर डा. अतिउर रहमान, राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रको उपस्थिति रहने बताइएको छ। 

‍यो सम्मेलनले सबै तह र क्षेत्रका संस्थाहरुलाई विद्युतीय कारोबारको लागि तयारी अवस्थामा लैजान प्रयत्न गर्नु रहेको आयोजकले जनाएको छ। विद्युतीय क्रान्तीमा प्रवेश गर्न बृहत लगानी, नयाँ सीप तथा क्षमताको आवश्यकता, नयाँ नियमनकारी व्यवस्था र जटिलताको समाधान गर्न सक्ने सक्षम नेतृत्वको खाँचो रहेको ‌औंल्याइएको छ। 

सम्मेलनबाट बैंकिङ् सेवाहरुको भविष्य र त्यसका सम्भावनाहरु, वस्तु तथा सेवा प्रवाहमा प्रविधिको प्रयोग, वित्तीय क्षेत्रमा देखापर्ने अपराध तथा सुरक्षा सम्बन्धी जोखिम तथा चुनौतीहरुको सामना गर्न मद्दत गर्ने अपेक्षा आयोजकको छ। 

यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कोभिड-१९ ले पारेको असरका साथै रणनीति तथा सुशासन र महामारीको कारणले सांस्कृतिक क्षेत्रमा आएको परिवर्तनका कारण बैंकिङ् क्षेत्रले लिनुपर्ने शिक्षाबारे खोजी गरिने बताइएको छ।