हिमालयन लाइफका पूर्वसीइओ कर्णसँग विशेष अदालतले माग्यो २५ लाख धरौटी



बिजमाण्डू
२०८३ भदौ ९ गते १६:२२ | Aug 25, 2026
हिमालयन लाइफका पूर्वसीइओ कर्णसँग विशेष अदालतले माग्यो २५ लाख धरौटी


काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज कुमार लाल कर्णलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिइएको छ।

Vigo
GBIME
Tata

विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, डिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले कर्णसँग २५ लाख रुपैयाँ धरौटी मागेको हो। कर्ण लगायत ३४ जना र केही कम्पनीविरुद्ध गत जेठ २८ गते विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो।

कर्णविरुद्ध ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। उनी मुद्दा दायर भएको अढाइ महिनापछि मंगलबार विशेष अदालतमा हाजिर भएका हुन्।