नबिल बैंक र सल्यानको दार्मा गाउँपालिकाबीच सम्झौता, उद्यमशीलता विकासमा सुलभ कर्जा दिने



बिजमाण्डू
२०७८ कात्तिक ३० गते १७:०८ | Nov 16, 2021
नबिल बैंक र सल्यानको दार्मा गाउँपालिकाबीच सम्झौता, उद्यमशीलता विकासमा सुलभ कर्जा दिने

काठमाडौं। नबिल बैंकले सल्यानको दार्मा गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकले समझदारीसँगै दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको छ। उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने बताइएको छ। 

यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने बैंकले जनाएको छ। समझदारीमा नबिल बैंकको तर्फबाट दिगो बैंकिङ प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष निमबहादुर केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।  

नबिल बैंकले गत असार १५ गते नबिल दिगो बैंकिङ सुरुवात गरेको थियो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको बताइएको छ। कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा उपलब्ध गराइरहेको छ। 

साथै, बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासका  लागि ल्याएको कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट विस्तार गर्दै लगेको जनाएको छ।