सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३०० बढ्यो, चाँदी २ सय ६० रुपैयाँ महँगियो



बिजमाण्डू
२०८३ भदौ ४ गते ११:३१ | Aug 20, 2026
सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३०० बढ्यो, चाँदी २ सय ६० रुपैयाँ महँगियो


काठमाडौं। सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँले बढेको छ।

Tata
GBIME

बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १३ हजार ४ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबारका तुलनामा २ हजार ७ सय रुपैयाँले घटेर बुधबार तोलाको ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार सुन प्रति तोला ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि तोलामा २ सय ६० रुपैयाँले वृद्धि भएको छ। बिहीबार कारोबार मूल्य तोलाको ४ हजार ८ सय ५५ रुपैयाँ भएको छ। बुधबार तोलाको ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ बढेर प्रति औंस ४४८४.६ डलर पुगेको छ। चाँदी पनि बढ्दै प्रति औंस ६६.९६ डलरले कारोबार भइरहेको छ।