छठले नियमित आपूर्ति प्रभावित हुँदा महँगियो तरकारी, ‘हिउँदे उत्पादन आइपुगेको छैन’



सरला सुवेदी/बिजमाण्डू
२०७८ कात्तिक २४ गते ०८:४० | Nov 10, 2021
छठले नियमित आपूर्ति प्रभावित हुँदा महँगियो तरकारी, ‘हिउँदे उत्पादन आइपुगेको छैन’

काठमाडौं। थोक बजारमा नियमित आपूर्ति घट्दा हरिया तरकारी महंगिएको छ। छठ पर्वका कारण आपूर्ति आपूर्ति घटेसँगै तरकारी महँगिएको छ।

Tata
GBIME
Nepal Life

यतिबेला हिउँदे तरकारी आउन थाल्नुपर्ने समय हो। आउन थाले पनि परिमाण निकै कम रहँदा भाउ घट्न नसकेको व्यवसायीले बताएका छन्।स्वदेशी तथा भारतीय तरकारीको आपूर्तिमा कमि आएपछि केही समयदेखि मूल्य घट्न सकेको छैन। 

अघिल्ला वर्ष दसैंतिहारमा उपत्यकामा खपत कम भएर मूल्य घट्ने भए पनि यसपटक नघटेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।

'भारतबाट आयात कम भइरहेको छ। स्वदेशी उत्पादन बजारमा आइनसकेकाले मूल्य नघटेको हो,' समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, 'दसैंदेखि नै मागको अनुपातमा तरकारीको आपूर्ति नर्मल हुन सकेको छैन।' यतिबेला छठको दबाब हरियो  तरकारीमा परेको उनले बताए। थोक बजारमा धेरै व्यवसायी तराईका छन्। उनीहरु पर्वको तयारीमा व्यस्त रहँदा तरकारी बोकेका ट्रकहरु मन्डीमा आउन घटेको देखिएको छ।

अहिले बेमौसमी तरकारी काउली, गोलभेडा, बोडी र लौका लगायतको मूल्य घट्न सकेको छैन। मौसमी तरकारीमा साग, घिउ सिमी र बन्दाकोपीको मूल्य भने केही कम भइसकेको सूचना अधिकारी श्रेष्ठले बताए। गत वर्ष यही बेला बिक्री कम भएकाले तरकारीको भाउ घटेको थियो।
यसपटक धेरै प्रकारका तरकारीमा दसैं अघिबाटै बढ्न सुरु भएको मूल्य अझैसम्म घट्न सकेको छैन। समितिका अनुसार हाल बजारमा तरकारी दैनिक ७० हजार केजीदेखि ३ लाख केजीसम्म आउने गरेको छ। पहिले बजारमा ८ लाख केजीभन्दा बढी तरकारी भित्रिने गरेको थियो। पहिले ५०० रुपैयाँको एक झोला तरकारी आउँथ्यो,  अहिले १००० रुपैयाँको पनि त्यति आउँदैन। भाउ दोब्बरमाथि पुगेको छ।

छठपछि भने आपूर्ति सहज हुने र भाउ पनि घट्न सक्ने व्यवसायीले बताएका छन्। छठमा काउली, मुला, आलु लगायतका तरकारीहरु आवश्यक पर्ने भएकाले मूल्य बढेको छ। काउली थोकमै प्रतिकेजी १२० रुपैयाँ पुगेको छ। आलु, मुला र बोडीमा प्रतिकेजी २० रुपैयाँसम्म भाउ बढेको छ। 

गत वर्ष र आजको भाउ

तरकारी 

 २०७७ कात्तिक २३

२०७८ कात्तिक २३

 ठूलो गोलभेडा नेपाली

७० प्रति केजी

८०

तने बोडी

 

१४०

काउली

८०

१२०

आलु रातो

६७

७२

काक्रो

५०

१४०

कागती

१००

१४०

मटरकोसा

१५०

३००

बन्दा

६०

४०

बरेला

४०

 

मकै बोडी

५०

१६०

भिण्डी

८०

१२०

लौका

५०

६०

घिउ सिमी

४०

१४०

परवर

८०

१३०

गाजर

८०

९०

टाटे सिमि

७०

१२०

 

थोकमा मूल्य बढ्दा असर खुद्रा बजारमा 
खुद्रा बजारमा थोरै परिमाणमा किन्ने उपभोक्ताले अधिकाश तरकारी प्रतिकेजी ८० देखि एक सय ४० रुपैयाँसम्म खरिद गर्नुपर्ने अवस्था छ।

थोक बजारमा सामान्य मूल्य घटे पनि खुद्रामा दोब्बर मूल्य हुने गरेको कालीमाटी तरकारी बजारले जनाएको छ। व्यापारीहरुले नाफा बढी राख्दा यसको असर उपभोक्तालाइ परेको हो। बजारमा तरकारी कति आइपुग्छ, परेको मूल्य र ढुवानी खर्च जोडेर मूल्य तोकिन्छ। व्यापारीहरुले आफूखुसी मूल्य लिने गरेको हुँदा थोकमा सस्तो भएका तरकारी पनि खुद्रामा महँगो हुने गरेको छ।

हाल कालीमाटीमा थोकमा प्रतिकेजी ७० रुपैयाँ रहेको काउली उपभोक्ताले बाहिर प्रतिकेजी १४० रुपैयाँसम्ममा खरिद गर्दै आएका छन्। 
प्रतिकेजी ८० रुपैयाँ रहेको गोल्भेडा खुद्रा बजारमा प्रतिकेजी १२० रुपैयाँ भएको छ।  जथाभावी मूल्य तोक्नेलाई कारबाही गर्ने निकाय उदासीन हुँदा व्यापारीहरुको मनोबल बढेको छ।