काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य सस्तिएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको छ।
शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख १ हजार ६ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर शुक्रबार प्रति तोला ४ हजार ६६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंस ४३१८.२४ डलर छ। चाँदी प्रति औंस ६३.८३ डलर छ।










