आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई प्राप्ति गरेर ३० गतेबाट एकीकृत कारोबार थाल्दै



बिजमाण्डू
२०७८ कात्तिक १७ गते ०९:१८ | Nov 3, 2021

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर कात्तिक ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

दुवै संस्थालाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले कात्तिक १ गते अन्तिम स्वीकृत दिएको थियो। दुवै संस्थाले आपसमा गाभिन गत चैत ३१ गतेको विशेष साधारणसभाबाट स्वीकृति पाएका थिए। 

एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाटै हुने छ। 

नेपाल राष्ट्र बैंकले मर्जरमा लगेर संस्था घटाउने नीति लिएको छ। त्यही भएर लघुवित्तलाई हकप्रद सेयर जारी गर्न रोक लगाएको छ। संस्थाहरु धेरै भएका कारण उनीहरु अहिले धमाधम मर्जरमा जान थालेका छन्।