एनएसीका कार्यकारी अध्यक्ष अधिकारीले कार्यभार सम्हाले, कर्मचारीको डीमप्रसाद हटाउने माग यथावत



बिजमाण्डू
२०७८ कात्तिक ११ गते २०:४९ | Oct 28, 2021
एनएसीका कार्यकारी अध्यक्ष अधिकारीले कार्यभार सम्हाले, कर्मचारीको डीमप्रसाद हटाउने माग यथावत

काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बिहीबारबाट आफ्नो कार्यभार सम्हालेका छन्। उनले बिहीबार नै पत्र बुझेका थिए। अधिकारीलाई निगमको ट्रेड युनियनले साथ दिने प्रतिबद्धता जनाएका छन्।

Tata
GBIME
Nepal Life

उनीहरुले निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेललाई हटाउनुपर्ने माग अधिकारीसमक्ष राखेका छन्।

निगमको आधिकारिक ट्रेड युनियनले निगमलाई कम्पनी मोडलमा लैजान तयार पारिएको प्रबन्धपत्र फिर्ता, प्रबन्ध निर्देशकको राजीनामा, अस्वाभाविक तलब वृद्धि फिर्ता लगायतका माग अधिकारीसमक्ष राखेका छन्।

उनीहरुले ती माग पूरा नभएसम्म आन्दोलन यथावत नै राख्ने जनकारी समेत दिएका छन्। अधिकारी निगमकै पूर्व कर्मचारी हुन्। उनी निगममा रहँदा महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो।

दुर्व्यवहारको मुद्दा महिला आयोगसम्म पुगेपछि आन्तरिक रूपमा माफी मागेर अधिकारीले छुटकारा पाएका थिए। नवनियुक्त अध्यक्ष अधिकारीले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका सबै जहाज उडाउने घोषणा गरेका छन्।