कालीमाटी तरकारी बजारमा पार्सले सर्वाधिक महँगो, प्रति केजी १ हजार ५ सय रुपैयाँ पुग्यो

बिजमाण्डू
२०८३ साउन २४ गते १५:५७ | Aug 9, 2026
कालीमाटी तरकारी बजारमा पार्सले सर्वाधिक महँगो, प्रति केजी १ हजार ५ सय रुपैयाँ पुग्यो
फाइल तस्बिर


काठमाडौं। उपत्यकाका तरकारी बजारमा अहिले पार्सले सबैभन्दा महँगो भएको छ। कालीमाटी फलफूल तथा थोक बजारमा आइतबार पार्सले (साग) प्रति केजी १ हजार ५ सय रुपैयाँ पुगेको छ।

GBIME
Tata

एक सातामै एक हजार रुपैयाँ महँगो भएको हो। गत आइतबार कालीमाटीमा प्रति केजी ५ सय रुपैयाँ थियो। लगातार वर्षा भइरहँदा यसको उत्पादन घटेको छ।

गत वर्ष यही अवधिमा पार्सले प्रति केजी १ हजार २ सय रुपैयाँ थियो। गत वर्षको तुलनामा पार्सलेको भाउ २० प्रतिशतले महँगो भएको छ।

पार्सले हेर्दा धनियाँजस्तै देखिने हरियो पात भएको एक सुगन्धित साग हो। यसको प्रयोग खानाको स्वाद बढाउन र सजावट बढाउनका लागि गरिन्छ।

उपत्यका र वरिपरिका जिल्लामा उत्पादन हुने पार्सले बिक्रीका लागि कालीमाटीको मन्डीमा आइपुग्छ।

साथै, कालीमाटी तरकारी बजारमा सीताके च्याउको मूल्य बढेर प्रति केजी १ हजार रुपैयाँ पुगेको छ। यी दुई तरकारी थोकमै सबैभन्दा महँगा छन्।

यी दुई तरकारीको उत्पादन कम हुने भएकाले महँगो हुने गरेको कालीमाटी बजार फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।