काठमाडौं। सुन फेरि महँगिदै तोलाको ३ लाख रुपैयाँ नाघेको छ। गत शुक्रबारका तुलनामा सुन तोलामा ४ हजार ८ सय रुपैयाँले बढेको छ। चाँदी पनि तोलामा ६५ रुपैयाँ महँगिएको छ।
सुनको कारोबार मूल्य आइतबार प्रति तोला ३ लाख १ हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बिहीबारका तुलनामा ९ सय रुपैयाँ बढेर शुक्रबार प्रति तोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। लामो समयपछि सुन फेरि तोलाको ३ लाख माथि उक्लिएको हो।
चाँदीको मूल्य आइतबार प्रति तोला ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ। गत शुक्रबार तोलाको ४ हजार ५ सय ८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै आइतबार प्रति औंस ४३४२.२३ डलर र चाँदी प्रति औंस ६३.५८ डलरले कारोबार भइरहेको छ।









