माथिल्लो मैलुङले १३ मेगावाटको मध्य-मैलुङ खोला अघि बढायो, क्यास्केड आयोजना निर्माण प्रक्रियामा



बिजमाण्डू
२०७८ कात्तिक ८ गते ०९:५२ | Oct 25, 2021
माथिल्लो मैलुङले १३ मेगावाटको मध्य-मैलुङ खोला अघि बढायो, क्यास्केड आयोजना निर्माण प्रक्रियामा

काठमाडौं। १३ मेगावाट क्षमताको मध्य-मैलुङ खोला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ।

Tata
GBIME
Nepal Life

१४.३ मेगावाटको माथिल्लो मैलुङ खोला आयोजनाको क्यासकेड आयोजनाका रुपमा विकास गर्न लागिएको मध्य-मैलुङ खोला आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत तयार पारिएको छ।

माथिल्लो मैलुङखोलाको विद्युतगृहबाट निस्कने पानीलाई खाोलाको दायाँ किनारमा चापपोखरीमा संकलन गरी मध्य-मैलुङ खोला आयोजनाको लागि प्रयोग गरिने छ।

उक्त पानीलाई ६४ मिटर हेडरेस पाइप र 'डी' आकारमा निर्माण हुने १५२० मिटर लामो सुरुङमार्गबाट विद्युत गृहमा पठाइने छ।

उत्पादित विद्युत माथिल्लो मैलुङखोलाको स्वीचयार्डसम्म पुर्‍याउन २.४ किलोमिटर १३२ केभी प्रसारणलाइन समेत निर्माण गर्ने योजना छ।

माथिल्लो मैलुङ खोलाको स्वीचयार्डमा जोडेको विद्युतलाई नुवाकोटमा रहेको त्रिशूली-३ 'बी' हब सवस्टेसनबाट राष्ट्रिय प्रसारणलाइनमा जोड्ने योजना छ।

रसुवाको उत्तरगया गाउँपालिकाको डाँडागाउँ र हाकुमा निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टको सार्वजनिक सुनुवाई कात्तिक १५ गते हुने आयोजनाले जनाएको छ।