काठमाडौं। मंगलबार सामान्य घटेको सुनको मूल्य बुधबार तोलामा ४ हजार २ सय रुपैयाँले बढेको छ। चाँदी तोलामा ९५ रुपैयाँ महँगिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि स्थानीय बजार भाउ सोझै प्रभावित भएको हो।
बुधबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८८ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि साताको दोस्रो दिनका तुलनामा २ सय रुपैयाँ घट्दा मंगलबार प्रति तोला २ लाख ८३ हजार ८ सय रुपैयाँले कारोबार भएको थियो। आइतबारका तुलनामा सोमबार तोलामा ८ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ८४ हजार रुपैयाँ भएको थियो।
चाँदीको मूल्य लगातार बढ्दै बुधबार तोलाको ४ हजार ४ सय ७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिनको भन्दा तोलामा ९५ रुपैयाँ बढेको हो।
गत सोमबारका तुलनामा मंगलबार तोलामा ३० रुपैयाँ बढेर प्रति तोला ४ हजार ३ सय ८० रुपैयाँ भएको थियो।
समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस ४१३३.६ डलर र चाँदी प्रति औंस ६०.७४ डलरले कारोबार भइरहेको छ। मंगलबार सुन प्रति औंस ४०६०.५४ डलर र चाँदी ५८.८ डलरमा कारोबार भएको थियो।









