काठमाडौं। घट्न थालेको सुनको मूल्य साताको दोस्रो दिन बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ८ सय रुपैयाँ वृद्धि भएको हो।
सोमबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिन सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रति तोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर प्रति तोला ४ हजार ३ सय ५० रुपैयाँ पुगेको छ। आइतबार तोलाको ४ हजार ३ सय १५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४०६२.५५ डलर छ। चाँदी प्रति औंस ५७.९७ डलरमा कारोबार भइरहेको छ।









