काठमाडौं। सुनको मूल्य बुधबार एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८३ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
मंगलबार सुन तोलामा ४ हजार ३ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सोमबार प्रति तोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको कारोबार मूल्यमा भने सामान्य बढोत्तरी छ। चाँदी प्रति तोला ४ हजार ३ सय २० रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा बुधबार तोलामा १० रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला ४ हजार ३ सय १० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार प्रति औंस ४०३०.२६ डलर छ भने चाँदी प्रति औंस ५७.८५ डलर छ।










