अर्थमन्त्रीले गरे धितोपत्र बोर्डको अनुगमन, ‘नियामकको भूमिकालाई प्रभावकारी बनाउन निर्देशन’



बिजमाण्डू
२०८३ साउन ११ गते २१:५९ | Jul 27, 2026
अर्थमन्त्रीले गरे धितोपत्र बोर्डको अनुगमन, ‘नियामकको भूमिकालाई प्रभावकारी बनाउन निर्देशन’


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियामक निकायका रूपमा गुणस्तर बढाउँदै पुँजी बजार विकास कार्य अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्।

Tata
GBIME

कार्यालय भ्रमणका क्रममा मन्त्री वाग्लेले वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकको जतिकै सशक्त भूमिका रहेको बोर्डलाई सोही हैसियतमा कार्य गर्न निर्देशन दिए।बोर्डबाट हुने नीति निर्माणमा सम्बद्ध पक्षहरूसँग पर्याप्त छलफलपश्चात् लागू गरेमा बजारको दिगो विकासमा सहयोग पुग्ने धारणा पनि उनले राखे।

मन्त्री वाग्लेले नयाँ सरकार तथा नयाँ नेतृत्वसँगै बोर्डको कार्य पद्धतिमा परिवर्तन भएको सकारात्मक सन्देश लगानीकर्ताबिच प्रवाह भएको र नियामकीय एवं कानुनी सुधारका लागि नेपाल सरकारबाट सबै किसिमको सहजीकरण हुने आश्वस्त पारे।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले आर्थिक वर्ष २०८३/०८४ को पुँजी बजार नीति र कार्य योजना समेत कार्यान्वयन सुरुवात भइसकेको जानकारी दिए।

सो क्रममा भट्टले बोर्डसँग सम्बन्धित कानुन आवश्यक परिमार्जनको कार्यलाई अघि बढाउने पनि जानकारी दिए।