सेल ह्याण्डओभरसम्बन्धी समस्या देखिएपछि काठमाडौंका केही स्थानमा एनटीसीको नेटवर्कमा गडबडी



बिजमाण्डू
२०७८ असोज १३ गते १६:०३ | Sep 29, 2021
सेल ह्याण्डओभरसम्बन्धी समस्या देखिएपछि काठमाडौंका केही स्थानमा एनटीसीको नेटवर्कमा गडबडी


काठमाडौं। विगत केही दिनयता काठमाडौं भित्र नेपाल टेलिकमको भ्वाइस तथा डेटा सेवामा समस्या आइरहेको छ। जीएसएम सेल ह्यान्डओभरसम्बन्धी समस्याका कारण फोन लागेपनि आवाज काटिएर आउने समस्या देखिएको टेलिकमले जनाएको छ। 

Tata
GBIME
Nepal Life

फोन लाग्ने तर आवाजै नबुझिने समस्या अधिक रहेको प्रयोगकर्ताहरुको गुनासो छ। जसका कारण पटकपटक फोन काटेर कल गर्नुपर्ने बाध्यतामा टेलिकमका प्रयोगकर्ता छन्। 

काठमाडौंका केही स्थानहरुबाट टेलिकममा गुनासो पुगेको स्वीकार्दै टेलिकमले आफ्ना प्राविधिकहरुलाई समस्या समाधान गर्ने केही दिनअघि नै परिचालन गरिसकेको जनाएको छ। 

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आपूर्तिकर्ताहरुलाई समस्या आएका स्थानहरुमा आइरहेको समस्या बारे अवगत गराइसकेको जानकारी दिए। 

'सबै ठाउँमा समस्या छैन। काठमाडौंका केही निश्चित स्थानहरुमा समस्या आएको गुनासो पछि समाधान गर्न प्राविधिक र आपूर्तिकर्ताहरु परिचालन भइसकेका छन्। समस्या पहिचान भएर त्यसलाई रेक्टिफिकेसन गर्न २/४ दिन लाग्ने जानकारी पाएको छु। समस्या समाधान हुन्छ,' अधिकारीले भने।

ह्याण्डओभर दूरसञ्चार र मोबाइल सञ्चारको एउटा प्रक्रिया हो। जसमा सेलुलर ट्रान्समिसन (भ्वाइस वा डेटा) एउटा बेस स्टेसन (सेल साइट) बाट अर्कोमा कनेक्टिभिटी नगुमाइ ट्रान्सफर हुनुपर्छ।