काठमाडौं। महालक्ष्मी विकास बैंक भारतमा सम्मानित भएको छ। बैंकलाई भारतीय चेम्बर अफ कमर्सले ‘राइजिङ स्टार ग्रोथ’ विधामा सम्मान गरेको हो। बैंक गत वर्ष ‘सम्पत्ति गुणस्तर’ विधामा सम्मानित भएको थियो।
साउन ८ गते नयाँदिल्लीमा आयोजित चौथो ‘इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड’ आफुले सम्मान पाएको बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञप्तिमा डिजिटल बैकिङ सेवा विस्तार, नवीन वित्तीय उत्पादन विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैकिङमा उत्कृट कार्य गरेबापत अवार्ड प्राप्त गरेको उल्लेख छ।
कार्यक्रममा भारत, नेपाल, श्रींलका, म्यानमार र बंगलादेशका बैंकका प्रतिनिधि सहभागी थिए।









