अमेरिकी डलर तीन दिनदेखि स्थिर, युरो र पाउण्ड घटे, यस्तो छ आजको विनिमय दर



बिजमाण्डू
२०८३ साउन ९ गते ०७:२० | Jul 25, 2026
अमेरिकी डलर तीन दिनदेखि स्थिर, युरो र पाउण्ड घटे, यस्तो छ आजको विनिमय दर


काठमाडौं। अमेरिकी डलरको विनिमय दर गत बुधबारका तुलनामा बिहीबार बढेयता स्थिर छ। युरो, पाउण्ड, स्वीस फ्रयांकसँगै अधिकांश विदेशी मुद्राको विनिमय दरमा उतारचढाव छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलर खरिद दर १५४ रुपैयाँ २१ पैसा र बिक्री दर १५४ रुपैयाँ ८१ पैसा भएको छ। यो गत बिहीबार कायम दर हो। बिहीबारका तुलनामा शुक्रबार खरिदबिक्री दरमा १ पैसाको बढोत्तरी थियो, जो शनिबार पुनः घटेको छ। गत बुधबार भने अमेरिकी डलरको खरिद दर १५३ रुपैयाँ ६८ पैसा र बिक्री दर १५४ रुपैयाँ २८ पैसा थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य भने बलियो बनेको छ। २४ घण्टामा ५.२७ डलरको बढोत्तरीसँगै सुन प्रति औंस ४०५२.८८ डलर पुगेको छ। चाँदी पनि बढेर प्रति औंस ५८.१६ डलर भएको छ।

युरोपियन युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर लगायत घटेका छन्। युरोपियन युरोको खरिद दर १७५ रुपैयाँ ६४ पैसा र बिक्री दर १७६ रुपैयाँ ३२ पैसा भएको छ। शुक्रबार खरिद दर १७६ रुपैयाँ र बिक्री दर १७६ रुपैयाँ ६९ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर २०५ रुपैयाँ ३८ पैसा र बिक्री दर २०६ रुपैयाँ १८ पैसा भएको छ। शुक्रबार खरिद दर २०६ रुपैयाँ २२ पैसा र बिक्री दर २०७ रुपैयाँ २ पैसा पुगेको थियो। स्वीस फ्रयांकको खरिद दर १८८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८९ रुपैयाँ ६० पैसा कायम भएको छ। शुक्रबार खरिद दर १८९ रुपैयाँ ३३ पैसा र बिक्री दर १९० रुपैयाँ ७ पैसा थियो।

अष्ट्रेलियन डलरको खरिद दर १०७ रुपैयाँ ८२ पैसा र बिक्री दर १०८ रुपैयाँ २४ पैसा भएको छ। शुक्रबार खरिद दर १०७ रुपैयाँ ९३ पैसा र बिक्री दर १०८ रुपैयाँ ३५ पैसा पुगेको थियो। क्यानेडियन डलर को खरिद दर १०९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा छ। शुक्रबार खरिद दर १०९ रुपैयाँ ५१ पैसा र बिक्री दर १०९ रुपैयाँ ९४ पैसा पुगेको थियो।

सिंगापुर डलरको खरिद दर ११९ रुपैयाँ ४५ पैसा र बिक्री दर ११९ रुपैयाँ ९२ पैसा तोकिएको छ। शुक्रबार खरिद दर ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर ११९ रुपैयाँ ९७ पैसा थियो। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४२ पैसा र बिक्री दर ९ रुपैयाँ ४६ पैसा भएको छ। अघिल्लो दिनका तुलनामा २ पैसाले घटेको छ।

चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा भएको छ। चिनियाँ युआन अघिल्लो दिनका तुलनामा अमेरिकी डलरजसरी खरिदबिक्रीमा १ पैसा मात्रै घटेको छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५४.२११५४.८१
युरोपियन युरो१७५.६४१७६.३२
पाउण्ड स्टर्लिङ२०५.३८२०६.१८
स्वीस फ्रयांक१८८.८७१८९.६०
अष्ट्रेलियन डलर१०७.८२१०८.२४
क्यानेडियन डलर१०९.५३१०९.९५
सिंगापुर डलर११९.४५११९.९२
जापानी येन१०९.४२९.४६
चिनियाँ युआन२२.७७२२.८६
साउदी रियाल४१.०८४१.२४
कतारी रियाल४२.३०४२.४६
थाइ भाट४.५८४.६०
यूएई दिराम४१.९९४२.१५
मलेसियन रिंगिट३७.६९३७.८४
साउथ कोरियन वोन१००१०.५४१०.५९
स्वीडिश क्रोनर१५.८६१५.९२
डेनिश क्रोनर२३.४९२३.५९
हङकङ डलर१९.६७१९.७४
कुवेती दिनार५०१.०१५०२.९६
बहरेन दिनार४०८.९९४१०.५८
ओमानी रियाल४००.५३४०२.०९
स्रोत : नेपाल राष्ट्र बैंक