आयोन गाडी विश्वभर ३ करोड विक्री, ६ महिनामा १३२ प्रतिशतले बढ्यो व्यापार



बिजमाण्डू
२०८३ साउन ५ गते १६:०२ | Jul 21, 2026
आयोन गाडी विश्वभर ३ करोड विक्री, ६ महिनामा १३२ प्रतिशतले बढ्यो व्यापार


काठमाडौं। आयोन गाडीको विक्री ३ करोड पुगेको छ। ग्वाङझाउ अटोमोबाइल ग्रुप (जीएसी) कम्पनीले विश्वभर ३ करोड गाडी बिक्री गरेको हो।

Tata
GBIME

सन् २०२६ को पहिलो छ महिनामा जीएसीले १ लाख २१ हजार ५०० युनिट गाडी निर्यात गरेको छ जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा १३२ प्रतिशत बढी हो।

यसले जीएसीका उत्पादनप्रति विश्वभरका ग्राहकको बढ्दो विश्वास देखाउने नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले जनाएको छ।

विश्वका ११० देशमा जीएसीको व्यवसाय छ। जहाँ ७४६ बिक्री तथा सेवा केन्द्र, ६ वटा अन्तर्राष्ट्रिय उत्पादन केन्द्र र ९ वटा पार्ट्स गोदाम सञ्चालनमा छन्।