काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन सुनको मूल्य घटेको छ। दुई दिन लगातार बढेको सुनको मूल्य शुक्रबार तोलामा ३१०० रुपैयाँ सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला २ लाख ८२ हजार १०० रुपैयाँ निर्धारण गरेको छ। सुनको भाउ बिहीबार तोलामा ४०० र बुधबार ८०० रुपैयाँ बढेको थियो।
चाँदीको मूल्य पनि शुक्रबार तोलामा १२५ रुपैयाँ घटेको छ। चाँदीको भाउ प्रति तोला ४ हजार २०० रुपैयाँमा आइपुगेको छ। चाँदीको भाउ बिहीबार तोलामा ९० रुपैयाँ घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रति औंस सुन ३९७९.१८ डलर र चाँदी ५५.०९ डलरमा कारोबार भइरहेको छ।








