पेट्रोल र डिजलबाट उठ्ने पूर्वाधार कर २२ प्रतिशतले घट्यो, १७ अर्ब १० करोड रुपैयाँ संकलन



बिजमाण्डू
२०८३ साउन १ गते १०:५७ | Jul 17, 2026
पेट्रोल र डिजलबाट उठ्ने पूर्वाधार कर २२ प्रतिशतले घट्यो, १७ अर्ब १० करोड रुपैयाँ संकलन


काठमाडौं। पूर्वाधार कर अघिल्लो आवको तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा २२.२७ प्रतिशत कम संकलन भएको छ।

Tata
GBIME

पूर्वाधार कर गत आवमा १७ अर्ब १० करोड रुपैयाँ संकलन भएको छ। जुन अघिल्लो आवभन्दा करिब ५ अर्ब कम हो।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार अघिल्लो आव २०८१/८२ मा पूर्वाधार कर २२ अर्ब २ करोड रुपैयाँ संकलन भएको थियो। यो रकम आव २०८०/८१ को तुलनामा ६ प्रतिशतले बढी हो।

सरकारले पेट्रोलियम पदार्थबाट भन्सार बिन्दुमै पूर्वाधार विकास कर उठाउँदै आएकामा चालु आव २०८३/८४ को आर्थिक ऐनमा यसलाई हटाएर हरित कर लगाउने व्यवस्था गरिएको छ।