सुनचाँदीको मूल्यमा घटबढ, सुन प्रति तोला ४०० बढ्दा चाँदी ९० रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८३ असार ३२ गते ११:४४ | Jul 16, 2026
सुनचाँदीको मूल्यमा घटबढ, सुन प्रति तोला ४०० बढ्दा चाँदी ९० रुपैयाँ सस्तियो


काठमाडौं। सुनको मूल्य फेरि लगातार बढ्न थालेको छ। अघिल्लो दिनको भन्दा बिहीबार तोलामा ४ सय रुपैयाँले वृद्धि भएको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८५ हजार २ सय रुपैयाँ भएको छ।

यसअघि मंगलबारका तुलनामा बुधबार तोलामा ८ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो। मंगलबार तोलाको २ लाख ८४ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा ९० रुपैयाँमा घटेर प्रति तोला ४ हजार ३ सय २५ रुपैयाँमा आइपुगेको छ। बुधबार तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ४०३०.१६ डलर र चाँदी प्रति औंस ५७.०४ डलरले कारोबार भइरहेको छ।