फोटोन गाडीका सर्भिस सेन्टर विस्तार, भालुवाङदेखि लहानसम्म थपिए ५ वटा



बिजमाण्डू
२०८३ असार २९ गते १५:०६ | Jul 13, 2026
फोटोन गाडीका सर्भिस सेन्टर विस्तार, भालुवाङदेखि लहानसम्म थपिए ५ वटा


काठमाडौं। फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले सर्भिस सेन्टर विस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।

अब फोटोन गाडीका सर्भिस सेन्टरको संख्या २१ पुगेको छ। सर्भिस सेन्टर विस्तारसँगै फोटोनका ग्राहकलाई आफ्ना गाडी मर्मत सम्भार गराउन सहज हुनेछ।

ग्राहकले सर्भिस सेन्टरमा नियमित मर्मत सम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, मर्मत तथा वारेन्टी सहयोग लगायत सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।