काठमाडौं। दुई दिनदेखि बढ्न थालेको सुनको मूल्य फेरि घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा २ हजार ८ सय रुपैयाँ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।
साताको पहिलो दिन सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला २ लाख ८८ रुपैयामा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रति तोला ४ हजार ३७५ रुपैयाँ भएको छ।
आइतबार चाँदी प्रति तोला ४ हजार ४७५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा यसको प्रभाव देखिएको छ। सोमबार सुन घटेर प्रति औंस ४०६४.७ डलर र चाँदी प्रति औंस ५८.३१ डलरले कारोबार भइरहेको छ।









