एसईई दिएका विद्यार्थीका लागि एनसेलले ल्यायो एक रुपैयाँको सिम, रिचार्जमा बोनस ब्यालेन्स



बिजमाण्डू
२०७८ भदौ १४ गते २०:३८ | Aug 30, 2021
एसईई दिएका विद्यार्थीका लागि एनसेलले ल्यायो एक रुपैयाँको सिम, रिचार्जमा बोनस ब्यालेन्स

काठमाडौं। एनसेल आजियाटाले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ। यो योजनामा एसईईका विद्यार्थीले मात्र एक रुपैयाँमा प्रिपेड सिमको खरीद गर्न सक्नेछन्।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइ फाइभ सेवा र बोनस डेटा लगायतका फाइदा यो सिम किन्नेले पाउनेछन्। यो योजना मंगलबारदेखि कार्यान्वयनमा आउँदैछ। कम्पनीका अनुसार एसईई २०७८ को परीक्षा प्रवेशपत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन्।

यो योजना अन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र सय रुपैयाँ वा सो भन्दा बढिको पहिलो रिचार्जमा २० रुपैयाँ मेनब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउने कम्पनीले जनाएको छ। 

पचास रुपैयाँ वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा ६ महिना सम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। यस्तो रिचार्जमा विद्यार्थीहरुले ३ दिनमान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विद्यार्थीहरुलाई यो सिम लिन आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमावाबाबुको नागरिकताको फोटोकपी चाहिन्छ।

भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइ फाइभ सेवा पनि रहेको कम्पनीले जनाएको छ । विद्यार्थीहरुले आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार  नम्बरहरु माइ फाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म तीन वटा मोबाइल नम्बरमा मात्र ५० पैसा प्रतिमिनेट शुल्कमा कुराकानी गर्न सक्छन्। तीस दिनपछि सय रुपैयाँ वा सो भन्दामाथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउने कम्पनीले जनायो।

कम्पनीका अनुसार विद्यार्थीहरुले एस्ट्रिक्स १७१६४ ह्यास  डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइ फाइभ समुहमा राख्न सक्नेछन्। माइ फाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक पाँच रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ।