काठमाडौं। नेपाल–भारत उद्योग वाणिज्य संघ पूर्वाञ्चल च्याप्टर बिराटनगरको तेश्रो बार्षिक साधारण सभाबाट अध्यक्षमा अबिनाश बोहोरा निर्वाचित भएका छन्।
यसअघि अध्यक्ष ललितकुमार लोहिया थिए। अब उनी नयाँ कार्यसमितिमा पदेन सदस्य हुने छन्। मुकेश उपाध्याय भट्टराई प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् भने श्याम पौडेल द्वितीय उपाध्यक्ष चयन भएका छन्।
रमेशकुमार राठी महासचिव, बिकास चौधरी कोषाध्यक्ष चयन भएका छन्। सदस्यहरुमा बेनीगोपाल मुन्दडा, यादव पोखरेल, बिजयकुमार डालमिया, गायत्री भण्डारी, सन्तोषकुमार चौधरी, श्रवणकुमार अग्रवाल निर्वाचित भएका छन्।
नव निर्वाचित अध्यक्ष बोहोराले संघको बिधान अनुसार चार जना सदस्यहरुमा सोम अधिकारी, बिनोद बस्नेत, महेश पौडेल र रबिन दाहाललाई मनोनित गरेका छन्।
नेपाल–भारत उद्योग वाणिज्य संघ, बिराटनगर च्याप्टरले नेपाल–भारतवीचको ब्यापार तथा पारवहनको क्षेत्रमा उठेका अहम बिषयहरु लगायत काकरभिट्टा–पानी टंकी, विराटनगर–जोगबनी, कनौली–राजविराजबाट भईरहेको नेपाल–भारतवीचको द्विपक्षीय व्यवसायीक कारोबारमा उठेका मुद्दाहरुको समाधानमा भूमिका खेल्ने गरेको छ।
यसबाहेक सीमानाकामा उठेका समस्याहरुमा पनि च्याप्टरले समस्या समाधानको लागि स्थानीय तहदेखि संघको केन्द्रीय कार्यालय, नेपालस्थित भारतीय राजदुतावास, नेपाल सरकारको स्थानीय तहदेखि विभाग र मन्त्रालयसम्म पहल गरेर समस्या समाधान गर्ने गरेको छ।
भर्चुअल माध्यमबाट संघका केन्द्रीय अध्यक्ष सृजना राणाको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो।











