काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
सभामुख अर्यालले प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले आकस्मिक र शून्य समयमा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्।
उनले विपद्को पूर्वतयारी सम्बन्धमा सरकारको योजना पनि मागेका छन्।
‘देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीमा भए/गरेका कामकारबाहीका सम्बन्धमासमेत जानकारी गराउन सरकालाई निर्देशन गर्दछुु,’ उनले भने।

त्यसअघि विपक्षी दल र सत्तारुढ दलका सांसदहरुले कर्णाली राजमार्गमा भएको दुर्घटनामा उद्धार, किसानले रोपाइँको समयमा रासायनिक मल नपाएको लगायत विषयमा सरकारको जवाफ मागेका थिए।











