हिमालयन लाइफ इन्स्योरेन्सको बोर्डबाट एकसाथ बाहिरिए चार जना, दुई जनालाई नियुक्ति



बिजमाण्डू
२०८३ असार २२ गते १२:०८ | Jul 6, 2026
हिमालयन लाइफ इन्स्योरेन्सको बोर्डबाट एकसाथ बाहिरिए चार जना, दुई जनालाई नियुक्ति


काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सका चार जना सञ्चालकले राजीनामा दिएका छन्।

Vigo
GBIME
Tata

संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सौरभ दुगड तथा सर्वसाधारणका तर्फबाट सञ्चालक समिति सदस्य बनेका प्रमिला केसी, सचिन आचार्य र आशिष ढकालले राजीनामा दिएका हुन्।

उनीहरुको राजीनामा कम्पनीको असार १९ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ।

इन्स्योरेन्सले बाँकी अवधिका लागि संस्थापक सेयरधनीका तर्फबाट प्रकाशमुनि बज्राचार्य र सर्वसाधारणका तर्फबाट सुरक्षा काफ्लेलाई सञ्चालक नियुक्त गरेको छ।