काठमाडौं। सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ। चाँदीको मूल्य पनि १० रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार सुनको मूल्य २ लाख ९० हजार ७ सय रुपैयाँ थियो। बिहीबार भने सुन तोलाको २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य प्रति तोला ४ हजार ६०५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबार भने यसको मूल्य ४ हजार ४५० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।











